Kath Khabar
आठ अंकले बढ्यो नेप्से


                        काठमाडौं, वैशाख ३० । नेप्से बढेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से आठ दशमलव २५ अंकले बढेर १९ सय ७४ दशमलव ५० अंकमा पुग्दा सेन्सिटिभ पनि शून्य दशमलव २१ अंकले बढेर तीन सय ५० दशमलव ८२ अंकमा कायम भएको छ ।

नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ४९ हजार सात सय ६४ पटकको कारोबारमा ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार एक सय ६८ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा फाइनान्स, होटल तथा पर्यटन र लघुवित्त समुहको सूचक घटेर रातो भएपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरुको सूचक बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिर्जनशील लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी लिमिटेड आदि परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मानुषी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सांग्रिला डेभलपमेन्ट बैंक, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update