मधेश सरकारबाट बाहिरियो माओवादी
जनकपुरधाम, वैशाख ३० । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।
उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले राजीनामा पत्र बुझाएका हुन्। उनीहरुले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका हुन्।
माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ । योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय