श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुन्छ– राष्ट्रपति
कोलम्बो, वैशाख ३०। श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताउनुभएको छ । उहाँले अर्को वर्ष सरकारी कर्मचारीको तलब वृद्धि गरिने बताउनुभयो ।
कोलम्बोमा अन्तर्राष्ट्रिय नर्स दिवस समारोहमा उहाँले सरकारले देशको अर्थतन्त्रलाई द्रुत विकासतर्फ अघि बढाउन चारवटा प्रमुख कानून पहिचान गरेको उल्लेख गर्नुभयो ।
उहाँले केन्द्रीय बैंकलाई स्वायत्तता दिने पहिलो कानून यसअघि नै बनेको जानकारी दिनुभयो । बाँकी कानून सार्वजनिक ऋण व्यवस्थापन ऐन, सार्वजनिक वित्त ऐन र आर्थिक रूपान्तरण कानून रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ २०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय