Kath Khabar
नेप्से सूचक तथा कारोबार रकम दुवैमा उच्च वृद्धि


                    काठमाडौं, वैशाख ३१ । नेप्से सूचक तथा कारोबार रकम दुबै उच्च अंकले बढेको छ । अघिल्लो दिन आठ दशमलव २६ अंकले बढेको नेप्से आज सोमबार २४ दशमलव ३९ अंकले बढेर १९ सय ९८ दशमलव ८९ अंकमा पुग्न सफल भएको छ । यसैगरी पनि सेन्सिटिभ पाँच दशमलव ८३ अंकले बढेर तीन सय ५६ दशमलव ६५ अंकमा कायम रहन सफल भएको छ ।  

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ४५ हजार आठ सय २८ पटकको कारोबारमा ९५ लाख ४१ हजार १७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ४० करोड ८६ लाख आठ हजार एक सय ५७ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक र व्यापार समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नारायणी डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, इष्टर्न हाईड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक आदि परेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update