Kath khabar
सन्दीप लामिछानेको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु ढकालको इजलासमा

 

                          काठमाडौं, जेठ १ । क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ।

लामिछानेको मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको छ । मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा नै परेको छ । पहिलो नम्बरमा नै रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ ।

यसअघि पनि न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेका थिए ।

जिल्ला अदालत काठमाडौंले एक युवती बलात्कारको आरोपमा सन्दीपलाई ८ वर्ष कैदको फैसला गरेको थियो । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा पाएसँगै उनले अहिले थुना बाहिरै रहेर मुद्दा लडिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update