Kath Khabar
२८ अंकले बढ्यो नेप्से, सबै सूचक बढेर हरियो


                 काठमाडौं, जेठ १  । नेप्से बढेको छ । अघिल्लो दुई दिन बढेको नेप्से आज मंगलबार पनि २८ दशमलव ६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ६० अंकले बढेर तीन सय ६० दशमलव २६ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ५९ हजार आठ सय ५६ पटकको कारोबारमा ९८ लाख ५५ हजार दुई सय ८५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब आठ करोड ८८ लाख ५३ हजार छ सय ६४ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सूचक दुई दशमलव ६५ अंकले बढेर एक हजार ५९ दशमलव ५३ अंकमा पुगेको छ भने जलविद्युत समुहको सूचक पनि ७६ दशमलव ३३ अंकले बढेर २४ सय ४५ दशमलव ८९ अंकमा चढेको छ । जीवन बीमा समुहको सूचक पनि एक सय ४१ दशमलव ८५ अंकले बढेर १० हजार ६५ दशमलव २४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सूचक पनि एक सय ९० दशमलव शून्य दुई अंकले बढेर १० हजार सात सय ४७ दशमलव ६६ अंकमा पुगेको छ ।

यसैगरी विकास बैंक, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सूचक पनि बढेर हरियो भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समाज लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन ऊर्जा विकास कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी आज सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, साइन रेसुंगा डेभलपमेन्ट बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  

 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update