सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, जेठ १ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
भोलि यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउनेछ । बहस सकिएपछि भोलि नै फैसला आउन सक्ने सम्भावना प्रवल रहेको छ । आज सन्दीपको पक्षबाट ७ वकिलले बहस गरेका थिए । गौशाला २६ को तर्फबाट २ सरकारी वकिल र चार जना गौशाला २६ का चारजना निजी वकिलहरूको बहस गरेका थिए ।
गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय