Kath Khabar
नेपालमा थप २२३९ जनामा कोभिड १९ को संक्रमण

काठमाडौं, असार २५ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुुई हजार दुुई सय ३९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट छ हजार छ सय ५७ पीसीआर परीक्षण गर्दा एक हजार चार सय ७९ जना र चार हजार छ सय ५६ एन्टिजेन परीक्षण गर्दा सात सय ६० गरी कुल दुुई हजार दुुई सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो समेत गरी नेपालमा हालसम्म कोभिड १९ बाट संक्रमित हुुनेहरुको कुुल संख्या छ लाख ५२ हजार आठ सय ५९ पुुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट नेपालमा २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेहरुको कुुल संख्या नौ हजार तीन सय ४० पुगेको छ । यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय १६ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ । यो समेत गरी नेपालमा कोभिडबाट मुक्त हुुनेहरुको संख्या हालसम्म कुल छ लाख १६ हजार नौ सय २९ पुुगेको छ ।

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा तीन सय ८० जना संक्रमित थपिएकाछन् । मन्त्रालयका अनुसार थपिएको कुुल संख्या मध्ये काठमाडौ जिल्लामा दुुई सय ६१, ललितपुर जिल्लामा ७५ र भक्तपुर जिल्लामा ४५ जना रहेकाछन् । 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update