सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै, आज फैसला आउने सम्भावना
काठमाडौं, जेठ २ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।
मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा रहेको उक्त मुद्दाको सुनुवाइ टुङ्गोमा पुग्न नसकेपछि 'हेर्दाहेर्दै'मा राखिएको थियो । आज यही इजलासमा सुनुवाइले निरन्तरता पाउनेछ । अदालतमा दुवै पक्षबाट बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् । फैसला आज नै आउने अपेक्षा गरिएको छ ।
मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता रामनारायण विडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा र कृष्ण सापकोटाले बहस गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय