Kath khabar
कसैलाई नसुनाउनुहोस् यस्ता सपना

                 

                  काठमाडौं, जेठ २ । निद्रामा सपना देख्नु एक प्राकृतिक प्रक्रिया हो । सपना विज्ञानका अनुसार सपनामा देखिने कुराहरू भविष्यमा घट्ने घटनाहरूसँग पनि सम्बन्धित हुन्छन् । सपना शास्त्रमा केही यस्ता सपनाहरूको बारेमा बताइएको छ जुन कसैलाई पनि बाँड्नु हुँदैन ।

सपनामा मातापिताले पानी पिउदै गरेको देख्नुभयो भने शुभ मानिन्छ । सपना शास्त्रअनुसार यसको अर्थ प्रगतिको ढोका चाँडै खुल्दैछ र तपाईलाई सफलता मिल्न सक्छ। तपाईंले यो सपना कसैसँग सेयर गर्नबाट जोगिनै पर्छ ।

सपनामा आफ्नो मृत्यु देख्नु शुभ मानिन्छ । सपना विज्ञानका अनुसार यसो गर्दा आयु बढ्छ र जीवनमा सुख प्राप्त हुन्छ । भनिन्छ यो सपना पनि कसैसँग बाड्नु हुँदैन  ।

सपनामा चाँदीले भरिएको भाँडो देख्नुको अर्थ तपाईको जीवनमा सुखसमृद्धि रहनेछ । तपाईं चाँडै कुनै ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ । सपना विज्ञानका अनुसार यो सपना कसैलाई नभन्नुहोस् ।

सपनामा बगैचा देख्नुको अर्थ भविष्यमा आर्थिक लाभ हुन सक्छ । सपना विज्ञानका अनुसार यसको अर्थ तपाईको आर्थिक अवस्था पहिलेको भन्दा राम्रो हुन सक्छ ।

यदि तपाईंले सपनामा देवीदेवताहरू देख्नुभयो भने, यसको मतलब तपाईंले चाँडै जीवनमा केही शुभ समाचार सुन्न पाउनुहुन्छ । गल्तीले पनि यो सपना कसैलाई भन्नुहुँदैन ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update