सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी, उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा
काठमाडौं, जेठ २ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ । उच्च अदालतका प्रधानन्यायाधीश सुदर्शनराज भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ जारी रहेको छ ।
न्यायाधीशले आज दुवै पक्षलाई फैसला सुनाउन समय तोकेका छन् । अदालतमा दुवै पक्षबाट पुनरावेदन परेपछि दुवै पक्षका वकिलले बहस गर्ने गरेका छन् । आज जाहेरवालाका बाँकी कानुन व्यवसायी र सन्दीप पक्षका कानुन व्यवसायीले जवाफ दिएपछि अदालतले फैसला सुनाउने छ ।
अदालतभित्र सुनुवाई भइरहदा उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ । अदालतबाहिर पत्रकारलाई समेत प्रवेश निषेध गरिएको छ भने भिडभाड गर्न रोक लगाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय