Kath Khabar
नेप्सेमा नौं अंकले गिरावट


                     काठमाडौं, जेठ २ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार नौं दशमलव ५४ अंकले घटेर दुई हजार १७ दशमलव ९७ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव १७ अंकले घटेर तीन सय ५८ दशमलव शून्य नौं अंकमा सीमित भएको छ । 

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५५ हजार आठ सय ६२ पटकको कारोबारमा ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा समुहहरुको सूचक बढेपनि बाँकी समुहहरुको सूचक घटेका छन् । सो मध्ये उत्पादनमूलक, सामूहिक लगानी कोष र व्यापार समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज उपकार लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था, माण्डु हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । पिपुल्स पावर लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update