Kath khabar
सन्दीप लामिछानेले बलात्कार मुद्धामा पाए सफाइ

 

                 काठमाडौं, जेठ २ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । उक्त फैसला विरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update