संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसको अवरोध जारी
काठमाडौं, जेठ ३ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई जारी राख्ने भएको छ ।
प्रतिनिधि सभा बैठकअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा काँग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो । सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले जानकारी दिनुभयो ।
आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय