प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, जेठ ४ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विभिन्न ६ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् ।
सहकारी ठगी प्रकरणमा सरकारका गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि छानविन हुनुपर्ने माग गर्दै कांग्रेसले बिहीबारको बैठक अवरोध गरेको थियो ।बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तारुढ एमालेका सांसदबीच संसद्मा धकेला धकेल भएर तनावको स्थिति सिर्जना भएपछि स्थगित भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय