Kath khabar
नवनिर्मित एकीकृत भन्सार जाँचचौकी

राँझाबाँके, जेठ ४ | बाँकेको नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसीपी) । २०८१ वैशाख २४ गतेदेखि  एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा आएको छ । वि.सं. २०७७ असोज २६ गतेबाट काम सुरु भएको जाँच चौकी २०८० फागुनमा सम्पन्न भएको थियो । ८८ विगाहमा फैलिएको एकीकृत जाँच चौकीको लागत करिब दुई सय करोड भारतीय  रुपैयाँ रहेको छ । यहाँ आयाततर्फ दुई सय वटा र निर्यात तर्फ ७५ वटा ट्रकका लागि पार्किङ क्षेत्र, भन्सार, अध्यागमन, क्वारेन्टाइन, भन्सार, सुरक्षा, अपरेटर कम्पनी, बैंक लगायतका संरचनाका लागि भवन बनेका छन् । तस्बिर - भेषराज बस्नेत

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update