चीन, असार २६ । चिनियाँ कम्युनिस्ट पार्टिका महासचिव तथा जनवादी गणतन्त्र चीनका रास्ट्रपति सि जिनपिङले चीनको ऐतिहासिक स्थान बेइजिङको तिहानम्यान चोकमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टिको शतबार्षिकी कार्यक्रममा चिनको विरुद्ध आक्रमण गर्नेको टाउका फोरिने चेतावनी दिनुभएको छ । उहाँले चिनियाँ जनतामा अभुतपूर्व एकता कायम रहेको तथा बाह्य शक्तिका विरुद्ध चिनियाँ जनताको विशाल पर्खाल निर्माण भएको हुदाँ आक्रमणकारीका दमन चिर्न चीन सक्षम भएको उद्घोष गर्नुभएको छ । सि ले चिन कसैको भाग जवरजस्ती खोस्न होइन पञ्चशील तथा शान्तिपूर्ण सहअस्तीत्वको आधारमा विस्वमा आर्थिक विकासमा योगदान गर्न चिन इच्छुक रहेको प्रस्ट पार्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टिको उक्त भव्य कार्यक्रमलाई संंसारभर रुचिका साथ हेरिएको छ । सय वर्षमा चीनलाई शामन्ती दासता तथा विदेशी शाम्राज्यबादको पञ्जाबाट मुक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टिले सय वर्षमा चीनलाई संसारको शक्तिशाली राष्ट्रमा उभ्याएको छ । तमाम चुनौति सामना गर्दै चिनीयाँ कम्युनिस्ट पार्टिले चीनलाई एकताबद्ध गर्दै संंसारकै महाशक्ति राष्ट्र बनाएको छ ।
सन् १९२१ जुलाइ १ मा सोभियत संघको प्रभावमा स्थापना भएको यो पार्टिको प्रथम सम्मेलन जुलाई २३मा जम्मा ५० प्रतिनिधिका बिचमा भएको थियो । फ्रान्स नियन्त्रीत सांघाइ प्रान्तमा २३ जुलाइमा प्रारम्भ भएको चिनीयाँ कम्युनिस्ट पार्टिको उक्त सम्मेलनमा यसका प्रथम महासचिव तथा संस्थापक चेन आफै उपस्तथीत हुन नसकी प्रतिनिधि पठाउनु भएको थियो । जुलाई ३१सम्म चलेको यस सम्मेलन फ्रान्सेली प्रहरीको हस्तक्षेपका कारण झेजियाङ प्रान्तको एक तालको डुङ्गामा सारीसम्पन्न भएको थियो । सांघाइमा प्रथम सम्मेलन गर्न नसकेको चीनको कम्युनिस्ट पार्टिले सय बर्षमा चीनको राजधानी बेइजिङमा हजारौं जनताका बिचमा तथा संसारभरका करौँडौ जनता तथा शासकलाई प्रत्यक्षप्रशारण मार्फत अवलोकन गराउँदै भव्य रुपमा प्रथम शतबार्षिकी मनाएको छ ।
सन् १९२७ देखि १९४९ सम्म चिनियाँ कम्युनिस्ट पार्टिले हजाराँै पार्टि सदस्यहरुको बलिदानीबाट चिनियाँ शामन्ती ब्यबस्था र युरोपेली देशहरु तथा जापानी साम्राज्यबादबाट विभक्त देशलाई ती कठिन चुनौति हटाउँदै छोटो समयमा एकिकृत चिनको निर्माण गरेको थियो ।
सन् १९४९ मा माओको नेतृत्वमा चिनीयाँ कम्युनिस्ट पार्टिले जनवादी क्रान्ति सम्पन्न गर्दै सत्ता समालेको थियो । सत्ता समालेको सात दशकमै यो पार्टिले संसार चकित पार्ने गरी चीनको आर्थिक तथा सामाजिक विकास गरेको छ । चीनको कम्युनिस्ट पार्टिको क्रान्तिले त्यहाँ मात्र होइन संसारलाई महत्वपूर्ण योगदान गरेको छ । यसका सयौं उपलब्धीहरुलाई मुख्य यि चार भागमा बाड्न सकिन्छ ।
१. नयाँ जनबादी क्रान्ति : कम्युनिस्ट सिद्धान्त अनुसार सर्बहाराको अधिनायकत्वमा कम्युनिस्ट पार्टि संचालन हुने आदर्श राख्दछ । माक्र्सले मजदुर सबैभन्दा शोसीत वर्ग भएको हुदाँ यसको नेतृत्वमा हुने क्रान्तिले मात्र समाजबाद आउने विश्वास राख्नुहुन्थ्यो । माक्र्सको परिकल्पनालाई साकार रुप रुसमा लेनीनले सन् १९१७ मा अक्टुबर क्रान्ती मार्फत दिनुभएको थियो । तर चीनमा औद्योगिक क्रान्ती नभएको र सामन्ती व्यवस्थाबाट किसान वर्गको चरम शोषण भएको परिप्रेक्ष्यमा माओ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टिले संसारको कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रान्तिको मौलिक अवधारण ल्याएको थियो ।
कम्युनिस्ट पार्टिको नेतृत्वमा चीनमा पुँजिवादी क्रान्ती गर्दा चीन छोटो समयमा आर्थिक सामाजिक तथा बैज्ञानिक लगाएतका हरेक क्षेत्रमा संसार चकित पार्ने विकास गर्न सफल भएको छ । नयाँ जनवादी क्रान्तिले संसारभर नै क्रान्तिकारी परिवर्तन ल्याइदिएको छ ।
चिनियाँ शक्तिको पुनरागमनले पूर्वी एशिया तथा दक्षिण एशियामा जापनीज, भारतीय तथा ब्रिटिस शाम्राज्यका कारण सार्वभौमशत्ता नै गुम्ने खतरा बढेका नेपाल लगाएतका देशहरु बाँच्न सफल भएका छन् । भारत स्वतन्त्र भएपछि भारतका प्रभावशाली नेता सरदार बल्लभभाइ पटेलको नेपाललाई हैदराबाद जस्तै कब्जा गर्ने प्रस्ताव तत्कालिन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले अस्विकार गर्नुमा चीनमा उदय हुँदै गरेको कम्युनिस्ट शासनका कारण नै थियो । चीनको कम्युनिस्ट पार्टिको उदयले साना तथा कमजोर राष्ट्रलाई संगठित हुदै समान धारणा बनाएर विश्वका धुरी राष्ट्रको प्रभावबाट आफ्नो सार्वभौम सत्ता जोगाउन प्रेरित गरेको थियो ।
२. उदार अर्थतन्त्र : नयाँ जनवादी क्रान्ती चिनियाँ कम्युनिस्ट पार्टिको सृजनात्मक कार्य थियो भने उदार अर्थतन्त्र ठोस परिस्थीतिको ठोस विश्लेषण थियो भन्ने चिनको कम्युनिस्ट पार्टिको निष्कर्ष छ ।
सन् १९४९ मा क्रान्ती सम्पन्न भएर १९७६ मा आइपुग्दा पनि चीनको अपेक्षित आर्थिक विकास हुन नसकेपछि माओपछिका शक्तिशाली नेता देङको नेतृत्वमा आर्थिक कार्यक्रम परिवर्तन गरिएको थियो । उदारवादी कार्यक्रम लागु गरिएपछि संसारभरका कम्युनिस्टले चीन संसोधनबादको बाटोमा गएको भन्दै आलोचना गरेका थिए । आलोचनाको प्रतिबाद गर्दै देङले बिरालो कालो वा सेतो जे भएपनि उसको कर्तब्य मुसा मार्ने हो भन्नुभएको थियो । देङको दावीलाई १९७६ मा नपताइएपनि सन् २०२०मा चिनले गरीबी उन्मुलन गरेर प्रमाणित गरिदिएको छ ।
युरोप तथा अमेरिकाको घेराबन्दीलाई तोड्दै चीनले आज विश्व बजार जबरजस्त कब्जा गरेको छ । कुनैबेला अफिम आयात गर्दै नसामा डुबेको चीन आज संसारभर कपडा, इलेक्ट्रोनिक सामान, औषधि लगाएत सयौँ उत्पादन निर्यात गरिरहेको छ । चीनका उद्यमी अरबपतीको लिस्टमा उक्लीरहेका छन् । पन्ध्रौँ शताब्दीतिर चीनले विश्व बजारको तीस प्रतिशत हिस्सा ओगट्थ्यो । बिचमा गुमनाम देखिएको चीन एक्काइसौँ शताब्दीमा कुल ग्रार्हस्थ उत्पादनको बीस प्रतिशतमा पुगी इतिहासको पुनरागमन गर्दैछ ।
सन् १९७८मा जम्मा १.८ कुल ग्राहस्थ उत्पादन ओगट्ने चीनले आफ्नो वैदेशिक ब्यापार साढे सातहजार प्रतिशतले बढाएको छ । उदारबाद लागु गर्दा बर्ष दिनमा उत्पादन गर्ने बस्तु आज चीनले दुई दिनमा उत्पादन गर्दछ । चालीस बर्षमा चीनको जि डि पी ३ हजार २३० प्रतिशतभन्दा माथि बृद्धि भएको छ । चिनीयाँ कम्युनिस्ट पार्टिले समाजवाद लागु गर्न नसकेपनि चीनलाई आर्थिक महाशक्तिमा भने उभ्याएको छ ।
३. बि आर आई : माओले जनबादी क्रान्तीको नेतृत्व गर्दै चीनलाई विदेशी दासताबाट मुक्त गर्दै विशाल एकिकृत चीनको निर्माण गर्नुभएको थियो । माओपछिका नेता देङले कम्युनिस्ट आदर्श विपरित उदारवादी ब्यवस्था लागु गरी चीनको आर्थिक विकासमा ऐतिहासिक मोड दिनुभएको थियो । माओ र देङ पछिका शक्तिशाली नेता सि जिनपिङको नेतृत्वमा चीन आफ्नो पर्खाल नाग्दै विश्व आर्थिक विकासमा योगदान गर्ने योजना बनाएको छ । चिनियाँ भाषामा इताईइलु भनिने बि आर आइ एक्काइशौँ शताब्दीकै सबैभन्दा महत्वकांक्षी आर्थिक परियोजना हो ।
सन २०१३ मा सार्वजनिक गरिएको यो परियोजना रेललाइन तथा रोड कनेक्टीभिटीमा मात्र सिमित नभएर नितिगत सम्बन्ध, रेलवे तथा हाइवे सहितको संरचना, खुला ब्यापार, आर्थिक समन्वय र जनता जनताबिचको सामिप्यता जस्ता बिषयलाई आधार बनाएको छ।
विश्व बैँक, एसियाली विकास बैंक जस्ता पश्चिमी बैंकलाई चुनौति दिँदै एशियाली पूर्बाधार लगानी बैंक र शिल्करोड फण्डको सहभागितामा आर्थिक परियोजना परिचालन गरिने योजना सार्वजनिक गरिएको छ । चीन-मङ्गोलिया र रसिया, चीन-मध्य एशिया तथा पश्चिम एशिया, चीन- इण्डोनिेसिया, चीन-म्यानमार, बंगलादेश र इन्डीया र चीन-पाकिस्तान इकोनोमिक्स कोरिडोर र मेरिनाइम सिल्करोड जस्ता विशाल कोरिडोरहरु निर्माण गर्दै पुरानो सिल्क रोडको पुनरावृत्ति गर्न चीनले चाहेको छ ।
धेरै मानिसको बुझाइमा अमेरिकाको एम सि सी परियोजना र चीनको बि आर आइलाई एउटै हो भन्ने छ । तर यी दुईमा आधारभूत रुपमै फरक छ : एम सी सी सुरक्षा परियोजना हो भने बि आर आइ आर्थिक परियोजना हो । एम सि सी अमेरिकाको सुरक्षा परियोजना अन्र्तगत अमेरीकामा नै तयार पारिएको परियोजना हो जसमा सम्बन्धीत देशले परिमार्जन गर्न पाउँदैन । अमेरिकाले उसको सामरिक स्वार्थ अनुसार परियोजना र स्थान छनोट गर्दछ जसले परीयोजना संचालन भएको देशको साबैभौमसत्तामा आघात पर्न सक्छ । तर बि आर आइ चीन तथा सम्बन्धीत देश बसेर त्यो देशको आवस्यकता तथा प्राथमिकतालाई ध्यान दिदैँ संयूक्त अध्यनबाट परियोजना सफल हुने भए मात्र लागु गरिन्छ ।
चीनको स्वार्थ नहुने भन्ने होइन मात्र के हो भने दुबैको स्वार्थ मिलेमा मात्र परियोजना संचालन गरिन्छ । चीनले वि आर आइलाई शान्तिपूर्ण सहअस्तीत्व तथा पञ्चशीलको मान्यतामा रहेर परियोजना संचालन गर्ने प्रतिबद्धता जनाएको छ । रास्ट्रपति सि ले चिन अरुको भाग खोस्न नभई समानताको आधारमा संसारको आर्थिक विकास गर्न चाहेको प्रस्ट पार्नुभएको छ ।
४. गरीबी निवारण : चिनले गरिबी निबारण गर्न पाँच निति अख्तीयार गरेको थियो । पहिलो स्थानिय श्रोत साधन प्रयोग गर्दै उत्पादन बढाउन प्रोत्साहन गर्ने थियो । दोस्रो गरीब मानिसलाई उचित स्थानमा स्थान्तरण गर्दै आर्थिक उत्पादनमा सरिक गराउने भने तेस्रो बनस्पती तथा बातावरण संरक्षकलाई क्षतिपूर्ति दिने थियो । चौथो शिक्षामार्फत सक्षम एवं जागरुक नागरिक तयार पार्ने र पाचौंमा सामाजिक बीमा मार्फत गरीबलाई पूर्ण या आंशिक बीमा गराइ गरिबी निबारण गर्ने उसको कार्यक्रम थियो । किनभने संसारमा भएका गरिबमध्ये धेरै गरिब वा ४६.४ प्रतिशत गरिब मानिस चिनियाँ थिए ।
विगत आठ बर्षमा चिनले दश करोड मानिसलाई गरीबीको रेखा माथि उकालेको छ । संयुक्त रास्ट्रसंघको दिगो विकासको एजेण्डामा निर्धारित गरिबी निवारणको लक्ष्यभन्दा दश वर्ष पहिले चीनले गरिबी उन्मुलन गरेको छ । चिनीयाँ कम्युनिस्ट पार्टिको अठारौँ महाधिवेशनले गरिबी निबारणमा जोड दिएको थियो । उक्त निति अन्र्तगत चीनले केन्द्र तथा स्थानिय सरकारलाई गरिबी निबारणमा जोड दिएको थियो । कम्युनिस्ट पार्टिको सरकारले चीनमा करिब एक अर्ब मानिसलाई गरिबीको रेखामाथि तथा चालिस करोड जनतालाई मध्यम वर्गमा उकाल्न सफल भएको छ । सन् २००० मा झण्डै आधा जनसंख्या गरिबीको रेखामुनि रहेकोमा बीस बर्षको छोटो समयमा गरिबीलाई शुन्य प्रतिशतमा झारेको छ ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको सन् २००० देखि सन् २०२० सम्म चीनले गरिबी निवारणमा सफलता हासिल गरेको तथ्याङ्क यस प्रकारको छ ।
२००० | २००५ | २०१० | २०११ | २०१२ | २०१३ | २०१४ | २०१५ | २०१६ | २०१७ | २०१८ | २०१९ | २०२० |
४९.९% | ३२.२% | १७.२% | १२.२% | १०.२% | ८.५% | ७.२% | ५.७% | ४.५% | ३.१% | १.७% | ०.६% | ०% |
पूर्वि एशियामा अवस्थीत संसारकै धेरै एक अरब चालीस करोड जनसंख्या भएको तथा नौ दशमलब छ मिलियन बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको चीन भुगोलमा चौथो ठुलो राष्ट्र हो । चीनमा तेइस प्रान्त, पाँच वटा स्वशासित प्रदेश र चारवटा केन्द्र शासित महानगर तथा दुईवटा विशेष प्रशासनिक क्षेत्र छन् । मूलत: मंगोलाइड मुलका मानिस भएको चीनमा हान जातिको बाहुल्यता छ भने त्रिपन्न अल्पसंख्यक जाति जनजातिहरु बसोबास गर्दछन् । यो देशमा ७४.५ प्रतिशत मानिसले प्राकृतिक धर्म मान्दछन् भने १८.३ प्रतिशत बौद्ध धर्म,५.२ प्रतिशत क्रिस्चियन, १.६ प्रतिशत इस्लाम तथा ०.४ प्रतिशत अन्य धर्मावलम्बी छन् ।