Kath khabar
नेपाल चेम्बर अफ कमर्सको शिक्षा, संस्कृति तथा खेलकूद समिति गठन 

काठमाडौं, असार २६ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य श्री दिपक काजी तुलाधरको सभापतित्वमा गठित शिक्षा, संस्कृति तथा खेलकूद समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु भयो ।

उक्त समितिको सह सभापतिमा रुपक राजवंशी तथा सदस्यहरुमा क्रमश समिर थापा, अजय बल्लभ पन्त, धिरज कार्की, सचिन्द्र प्रधानाङग दिपिका रिमाल थापा, निरज कार्की मनोनित हुनु भएको छ । नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु हुँदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा शिक्षा, संस्कृति तथा खेलकुद क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएकाहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सामाजिक दायित्व अन्र्तगतको शिक्षा, संस्कृति तथा खेलकूद क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नुभयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति  थियो । 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update