Kath khabar
कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा मेयर बालेन


               काठमाडौं, जेठ ४ । ७७औँ वार्षिक कान्स फिल्म फेस्टिभलमा काठमाडौंका मेयर बालेन्द्र बालेन शाह सहभागी भएका छन् ।

मेयर शाहले शुक्रबार साँझ रेड कार्पेटमा सहभागी भएका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले निमन्त्रणाको लागि मेयर डेभिड लिस्नार्डलाई धन्यवाद दिएका छन् ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर शाह फेस्टिभलमा सहभागी हुन गत मंगलबार फ्रान्स प्रस्थान गरेका हुन् । उनीसँग दुई सल्लाहकार सुनिल लम्साल र कुमार व्यञ्जनकार पनि फ्रान्स गएका छन् ।

विश्वको सबैभन्दा प्रतिष्ठित फिल्म फेस्टिभल कान्स १४ देखि २५ मे सम्म चल्नेछ । प्रमुख शाह भने तीन दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

canes-2-1715959093.jpg
canes-1715959199.PNG
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update