Kath khabar
श्रीमानले गरे यस्तो अमानविय कार्य, श्रीमतीको गोप्य भागमा लगाए ताला

            

                     अछाम, जेठ ४ । अछाममा श्रीमानले श्रीमतीको गोप्य भागमा छेडेर ताला लगाएका छन् ।

अछामको ढकारी गाउँपालिका वडा नम्बर-६ बाचकोटका उपेन्द्र हुड्केले आफ्नी श्रीमतीलाई शंका उपशंका तथा आरोप लगाई श्रीमतीको गोप्य भागमा ताला लगाएका हुन् ।

घटनाको १५ दिनपछि उक्त घटना सार्वजनिक भएको हो । शरीर सुन्निएर पीडा सहन नसक्ने भएपछि पीडितले आफन्तहरुसँग कुरा खुलाएकी थिइन् । ति महिलाको अवस्था अहिले नाजुक रहेको छ ।उनको उद्धार पछि तुरुन्तै अस्पतालमा लगी उपचार भइरहेको छ ।

घटनापछि फरार रहेका श्रीमान अखिल भारत नेपाली एकता मञ्च पिञ्परी चिन्चवड नगर समितिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update