Kath khabar
आइपिएलमा हैदराबादको लगातार तेस्रो हार

चेन्नाइ, बैशाख ५ । इन्डियन प्रिमियर लिग आइपिएलमा सन राइजर्स हैदराबादले लगातार तेस्रो हार ब्येहोरेको छ ।

गएराती चेन्नाइको चिडम्बरम रंगशालमा भएको खेलमा जोनि ब्रेस्टोको शानदार प्रदर्शनका बाबजुत पनि सनराइजर्स हैदराबादले मुम्बइ इन्डियन्ससँग १७ रनको पराजय ब्येहोर्यो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा पाँच विकेट गुमाइ एक सय ५० रन बनायो । मुम्बइका लागि ओपद्धय क्वीन्टीन डि कक तथा कप्तान रोहित शर्माले ५५ रनको साझेदारी गरेर   े बलियो सूरुवात दिलाए । डि ककले सर्वाधिक ४० रन बनाउँदा रोहितले ३२ रनको पारी खेले । यस्तै किइरन पोलार्डले ३५ रनको योगदान गरे । बलिङ तर्फ मुजिब उर रेहमान तथा बिजय शंकरले समान दुइ दुइ विकेट लिए । जवाफमा एक सय ५१ रनका समान्य लक्ष्य पछाएको हैदराबाद अन्तिम ओभरको चौथो बलमा सबै  विकेट गुमाएर १सय ३७ रनमा समेटियो । बे्रस्टोले २२ बलमा ४३ रनको आक्रमक पारी खेले पनि टिमको हार भने टार्न सकेनन् । कप्तान डेभिड वार्नर ३६ रनमा आउट भए । हैदरावादका सात खेलाडी दोहोरो रन बनाउन सकेनन् । बलिङ तर्फ राहुल चाहर तथा टे«न्ट बोल्टले समान तीन तीन विकेट लिए भने जस्प्रित बुम्राह र कु्रनाल पाण्डेयाको नाममा एक एक विकेट रह्यो । 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update