Kath khabar
बाफल आगलागी घटनामा दुई छोरी र श्रीमती गुमाएका सञ्जयको पनि उपचारको क्रममा मृत्यु


                      ललितपुर, जेठ ६ । ललितपुर महानगरपालिका-१७ बाफलमा गत वैशाख २१ गते आगलागीमा परी गम्भीर घाइते भएका सञ्जय गिरीको पनि उपचारको क्रममा मृत्यु भएको छ । सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गिरीको शनिबार किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ललितपुर महानगरपालिका–१७ बाफलस्थित एउटा टिनले छाएको टहरामा आगलागी हुँदा उनको परिवारका ५ जना घाइते भएका थिए ।

योसँगै उक्त आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । उनकी श्रीमती रुपाको पनि उपचारकै क्रममा वैशाख १३ गते मृत्यु भएको थियो भने घाइते दुई छोरी ८ वर्षीया अलिशा र ४ वर्षीया प्रियाको वैशाख २६ गते मृत्यु भएको थियो ।

उनका भतिजा नित गिरी सामान्य घाइते भएको र उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए । उक्त दिन मोबिल हाल्ने क्रममा लाइटर बाल्दा आगलागी भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update