-1716267704.jpg)
काठमाडौं, जेठ ८ । कुटपिट अङ्गभङ्ग सम्बन्धी कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ घर भई ललितपुर इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–७ भक्तपुर सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन् ।
उनीहरूले काठमाडौं कोटेश्वबरस्थित केएलसी क्लव अगाडि २०८० फागुन १७ गते एक जना पुरूषलाई अङ्गभङ्ग हुने गरी कुटपिट गरी घटना पश्चात फरार रहेकोमा ललितपुरका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वेर पठाइएको छ ।