Kath khabar
समाचार रोकाउन पक्राउ पुर्जी : अध्यक्ष कैलाश सिरोहिया

 

                 काठमाडौं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कान्तिपुरको सहकारी ठगीसम्बन्धी समाचार रोकाउन ब्ल्याकमेलिङ गरी मूल कुरा विषयान्तर गर्न आफू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गरेका छन् ।

नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि सिरोहियाले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रतिवाद गरेका हुन् ।उनले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साध्न खोजिएको भन्दै गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै प्रतिवाद गरेका हुन् ।

सिरोहियाले मंगलबार दिउँसो जारी गरेको विज्ञप्तिमा सहकारी पीडितको पीडाबारे निरन्तर समाचार सम्प्रेषण गरेको भन्दै सञ्चारमाध्यममाथि प्रतिवाद गरिरहेको दाबी गरेका छन् । उनले भनेका छन्  ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल कुरा विषयान्तर गर्न मेराविरुद्ध आफै उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर विचलित नहुने उल्लेख गरेका छन् ।

‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।’ सिरोहियाले भनेका छन् ।

उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै बेथितिको ढाकछोप प्रयास नगर्न चेतावनी पनि दिएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update