ब्राजिललाई हराउँदै २८ वर्षपछि अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन
ब्राजिल, असार २७ । ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो । अर्जेन्टिनाका एन्जल डि मारियाले खेलको २२ औं मिनेटमा गर्नुभएको गोल नै निर्णायक गोल सावित भयो ।
आइतबार विहान सम्पन्न फाइनल खेलमा ब्राजिललाई १-० ले हराएको हो । कप्तान लियोनल मेस्सीले देशबाट जित्नुभएको यो पहिलो प्रमुख उपाधि हो ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८ १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय