Kath khabar
कैलाश सिरोहियालाई लगियो अदालत

 

                     काठमाडौं, जेठ ९ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । अहिले धनुषा अदालत आसपासको सुरक्षा व्यवस्था कडा गरिएको छ । त्यहा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् ।

सिरोहियालाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । गिरफ्तार लगत्तै उनलाई प्रहरीले मंगलबार नै धनुषा लगेको थियो ।

सिरोहियाविरुद्ध नागरिकता दुरुपयोग गरेको भन्दै गत वैशाख १६ मा सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । धनुषा प्रहरीले सिरोहिया पक्राउ गर्नुका ६ वटा आधार सार्वजनिक गरेको छ । 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update