Kath khabar
नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीद्धारा वृहत रक्तदान कार्यक्रम आयोजना हुँदै

 

                    काठमाडौं, जेठ ११ । ३१औं मदन आश्रित स्मृति दिवसको अवसरमा जेठ १२ गते शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, दशरथ रंगशालामा वृहत रक्तदान कार्यक्रम आयोजना हुँदैछ ।

“रक्तदान, जीवन दान” भन्ने नाराका साथ नेपाल खेलकुद महासंघ उपत्यका विशेष दोस्रो अधिवेशन आयोजक कमिटीले वृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । रक्त अभावबाट कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्धेश्यका साथ रक्तदान कार्यक्रम हुन लागेको नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीका संयोजक केशव व्यञ्जनकारले बताउनुभयो ।  

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी राष्ट्रिय खेलकुद परिषद, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको सहयोगमा हुन लागेको हो । बिहान ७ः३० बजेदेखि सुरु हुने  रक्तदान कार्यक्रममा सहभागिता जनाउनुहुन आयोजकले सबैलाई आग्रह पनि गरेको छ ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update