काठमाडौं, जेठ ११ । प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु बालुवाटारमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । संसदीय छानबिन समिति बनाउनका लागि गठन गरिएको कार्यदलले समितिको कार्यादेशमा सहमति जुटाउन नसकेपछि शीर्ष तहका नेताहरूको बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता भने सहभागी भएका छैनन् ।