काठमाडौं, असार २७ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार शुरु भएको छ । आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले र बसन्त कुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गर्नुभएको हो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताउनुभयो । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भन्नुभयो ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु. ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ हुनेछ र एटिएम संख्या भने १८३ हुनेछ । निक्षेपको आकार रु. २१६ अर्ब हुनेछ भने कर्जाको आकार ०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुनेछ ।