काठमाडौं, जेठ १४ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको संयुक्त बैठक जारी रहेको छ ।
संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण मिलाउन तथा सहकारी हिनामिना सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, कृष्ण सिटौला, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री aवर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णीम वाग्ले, सन्तोष परियारलगायतका नेताहरु रहेका छन् ।
बैठकमा एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् ।