Kath khabar
आलोचनापछि महजोडीले मागे माफी


                  काठमाडौं, जेठ १४ । वरिष्ठ हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् ।

नागरिकता कीर्ते प्रकरणमा पक्राउ परी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे दिएको अभिव्यक्तिका कारण महजोडीले चर्को आलोचना खेपिरहेका थिए । कार्यक्रमका क्रममा अस्ट्रेलिया पुगेका महजोडीले त्यहीँबाट भिडियो सन्देशमार्फत क्षमायाचना गरेका हुन् ।

मदनकृष्ण श्रेष्ठले भिडियो सन्देशमा भनेका छन् - ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो, हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा खेरी हामीले पनि केही त्रुटि हुन गएको महसुस गरेका छौ’ ।

यस्तै हरिवंशले भनेका छन् - ‘अदालतमा विचाराधीन भइरहेको मुद्दाको विषयमा नबोलेको भए पनि हुन्थ्यो । यो हामीबाट त्रुटि भयो । यसको लागि यत्रो वर्ष तपाईहरुले हामीलाई आफ्नै सम्झेर माया गर्दिनुभयो, यो पटक पनि सबै कुरा बिर्सिदिएर माफ गर्नुहुन अनुरोध गर्दछु’ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update