Kath khabar
गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार सुनुवाई हुने

 

                      काठमाडौं, जेठ १४ । सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले लामिछानेविरुद्द सोमबार रिट निवेदन दर्ता गराएका हुन् । भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्रीलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । उक्त रिटको जेठ १६ गते बुधबार पेशी तोकिएको छ ।

उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएको र उनलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको थियो । तर, महान्यायाधिवक्ताको कार्यालयले भने उनलाई क्लिनचिट दिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update