Kath khabar
महिला ट्राफिक प्रहरीहरुले अब महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्रीको घोषणा

 

              काठमाडौं, जेठ १५ । महिला ट्राफिक प्रहरीहरुले अब महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु नपर्ने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिदै गणतन्त्र दिवसका अवसरमा  शुभकामना सहित एउटा सानो प्रयास भन्दै ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटीमा नखटाउने जानकारी दिनुभएको हो । यो सँगै ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई स्वयम् सेवकका रुपमा सडकमा खटाइने पनि उहाँले बताउनुभएको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update