Kath khabar
कृषिमा आधा खर्ब भन्दा बढी बजेट, उर्जा क्षेत्र विकासका लागि ५० अर्ब


                  काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक बर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको बिकासको लागि सरकारले आर्थिक बर्ष २०८१/०८२ को लापग कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ ।  

सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि विकासको प्रस्थान दशक घोषणा गरेको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने । काठमाडौं र बुटवलमा उच्च गतिको इन्टरनेटसहितको सूचना प्रविधि पार्क निर्माण गरिने योजना पनि अघि सारेको छ ।  ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
 

उर्जा क्षेत्र विकासका लागि ५० अर्बको बजेट
सरकारले हरित हाइड्रोजनको अनुसन्धान र विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु । कर्णाली करिडोर ४०० केभी प्रशारण लाइन निर्माण अघि बढाइनेछ । न्यू बुटवल अन्तरदेशीय प्रशारण लाइनको निर्माण पूरा गरिनेछ । उर्जा क्षेत्र विकासका लागि ५० अर्ब विनियोजन गरेको छ ।   

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update