Kath khabar
भौतिक पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड बजेट


                   काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ । यसैगरी सरकारले ५४ हजार तीन सय ९२ घरको भुस पराल र खरको छानालाई जस्तापाता वा स्थायी संरचनाले विस्थापित गर्ने घोषणा गरेको छ ।  

सरकारले काठमाडौं उपत्यकाको ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने योजना अघि सारेको छ । प्रधानमन्त्री छोरी कार्यक्रम’को लागि १० करोड विनियोजन गर्दै यस कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने छ भने कार्यक्रमले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।  

सरकारले करिडोर सडकका लागि ३ अर्ब ८६ करोड विनियोजन गरेको छ । स्याफ्रु रसुवागढी सडकका लागि १ अर्ब ८० करोड छुट्याएको छ । नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज बनाइने र सिद्धबाबाको मुख्य सुरुङ सक्ने । ग्वार्कोको ओभरपास निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ ।  

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update