काठमाडौं, जेठ १५ । सरकारले स्वास्थ्य बीमाको बिस्तार गर्न स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा ३०० शय्य भन्दा बढीको संघीय अस्पतालमा एमबीबीएस र १०० भन्दा बढी क्षमताको सरकारी अस्पतालमा नर्सिङसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षमा थप ४ लाख ४५ हजार जनालाई स्वच्छ खानेपानी उपलब्ध गराउने र खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने । कीर्तिपुरको बर्न अस्पतालको पूर्वाधार विकास गर्ने घोषणा गरेको छ । भेरी अस्पताललाई सिकलसेल एनिमियाको उपचार केन्द्रको रुपमा विकास गरिनेछ । स्वास्थ्य सेवा विस्तार गरी आम नागरिकको पहुँच बढाउने, संघीय अस्पतालमा जेष्ठ नागरिकको उपचारका लागि छुट्टै वार्ड स्थापना गर्ने योजना अघि सारेको छ । वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गर्दे कीर्तिपुरको बर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ । भेरी अस्पताललाई सिकलसेल एनिमियाको उपचार केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ ।
सरकारले राष्ट्रपति चुरेको तल्लो तटीय क्षेत्र र क्षतिग्रस्त भूमि तथा नदी उकास जग्गाको संरक्षण तथा हरियाली वृद्धि गर्न बाँस, विरुवा उत्पादन तथा रोपन, जलाधार संरक्षण र जलपुनर्भरण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा थप ४ लाख ४५ हजार जनालाई स्वच्छ खानेपानी उपलब्ध गराउने भन्दै खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ ।