बजेट
नारायणगढ बुटवल ४ लेन सडक विस्तार सक्ने
काठमाडौं तराई द्रुत मार्गको लागि २२ अर्ब ५४ करोड विनियोजन
काठमाडौं, जेठ १५ । सरकारले नारायणगढ बुटवल चार लेन सडक विस्तार आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै त्यसका लागि २९ अर्ब ८८ अर्ब विनियोजन गरेको जानकारी दिएका हुन् ।
यसबाहेक सरकारले आगामी आर्थिक वर्षमा फास्ट ट्रयाकमा ३ वटा सुरुङ निर्माण सक्ने, ५७ वटा पुलको निर्माण तिव्रता दिने घोषणा गरेको छ । सरकारले काठमाडौं तराई द्रुतमार्गको लागि २२ अर्ब ५४ करोड विनियोजन गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय