बजेट
एक अर्बको नेपाल स्टार्ट अप कोषको घोषणा
जाजरकोट र रुकुमपश्चिममा भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक बर्षको लागि एक अर्बको नेपाल स्टार्ट अप कोष स्थापना गर्ने घोषणा गरेको छ । यसैगरी सरकारले आगामी आर्थिक बर्षमा मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक तथा पर्यटन आर्थिक हबको रुपमा विकास गर्ने घोषणा गरेको छ ।
सरकारले आगामी आर्थिक बर्षको बाजेट मार्फत जाजरकोट र रुकुमपश्चिममा भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी सरकारले बौद्धिक सम्पत्ति र उधारो कारोबारसम्बन्धी कानुन बनाउने घोषणा गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय