काठमाडौं, जेठ १५ । सरकारले खेलकुद पूर्वाधारको लागि एक अर्ब ३० करोड बजेट बिनियोजन गरेको छ । सुर्खेतमा दशौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्न ६० करोड बजेट छुट्याइएको छ ।
मूलपानी क्रिकेट र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्ने घोषणा सरकारले गरेको छ । कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नती र फाप्ला क्रिकेट रंगशालालाई तीव्रता दिंदै खेल पूर्वाधारतर्फ १ अर्ब ३० करोड विनियोजन । युवा तथा खेलकुद मन्त्रालयको बजेट ३ अर्ब ५० करोड छ ।
वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आवद्ध गर्ने भएको छ । स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमबाट घर बनाउन चाहनेलाई कम्तीमा १० परिवारलाई एकल वा सामूहिक आवास बनाउन प्रोत्साहित गरिने । काठमाडौं उपत्यकाको गोदावरी तारकेश्वर नागार्जुन, चाँगुनारायण भक्तपुर नगरपालिकामा जग्गा विकास गरिने । काठमाडौंको उत्तरपूर्व क्षेत्रमा नयाँ नगर बनाउन बजेट विनियोजन गरिएको छ ।
दन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापना गर्न शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन गरिएको छ । सरकारले रक्षा मन्त्रालयको लागि ५९ अर्ब ८७ करोड बिनियोजन गरेको छ ।