Kath khabar
आगामी आर्थिक बर्षको लागि १८ खर्ब ६० अर्बको बजेट


          काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट बिनियोन गरेको छ । अर्थमन्त्री बर्षमान पुन अनन्तले संघीय संसद समक्ष मंगलबार उक्त बजेट घोषणा गरेका हुन ।

घोषित बजेट अनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६० करोड अर्थात ६१ दशमलव ३१ प्रतिशत,  पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८  दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थाका लागि तीन खर्ब ६७ अर्ब १८ करोड अर्थात १९ दशमलव ७४ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक बर्षको लागि बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, बैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड, वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण तीन खर्ब ३० अर्ब रुपैंयाँ बजेट उठाउने लक्ष्य लिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update