Kath khabar
श्रम र रोजगारका लागि आठ अर्ब १० करोडको बजेट


                काठमाडौं, जेठ १५ । सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि उक्त परिमाणमा बजेट बिनियोजन गरेका हुन ।

सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा २ लाख जनालाई न्यूनतम १०० दिनको रोजगारीको व्यवस्था गर्ने घोषणा गरेको छ । सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्दै सरकारले स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने गरी व्यवस्था गर्ने घोषणा गरेको छ ।

यसैगरी सरकारी डाटा सेन्टरको स्तरोन्नति गर्ने । निजी क्षेत्रबाट सञ्चालित डाटा सेन्टरको लागि भने मापदण्ड तयार गर्ने भएको छ । विद्युतीय डाटा भण्डारण र उपयोगलाई व्यवस्थित गरिने । सरकारले आगामी वर्ष ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापनाको लागि १७ करोड विनियोजन गरेको छ । रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइनेछ ।

बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण सुरु गरिने, दोलखा फिल्म सिटीलाई सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्ने र यसका लागि संचार मन्त्रालयलाई सात अर्ब ३५ करोड विनियोजन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update