गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित
काठमाडौं, जेठ १६ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको पेसी निवेदक अनुपम भट्टराईले नै सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले सुनुवाइ आज स्थगित गरिएको हो । १० औं नम्बरमा परेको पेसी तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।
गृहमन्त्री लामिछानेलाई अनुसन्धान प्रक्रिया चलिरहेका बेला पदबाट निलम्बन गर्न माग गर्दै सोमबार भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय