काठमाडौं, जेठ १६ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गरेपछिको पहिलो दिनको शेयर कारोबार निराशजनक देखिएको छ । आज बुधबार नेप्से २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ अंकमा झरेको छ भने सेन्सिटिभ चार दशमलव ८२ अंकले घटेर तीन सय ७४ दशमलव शून्य नौं अंकमा बिन्दुमा झरेको छ ।
नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरूको ६३ हजार ८० पटकको कारोबारमा एक करोड सात लाख ३८ हजार एक सय ६९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब ५७ करोड ५० लाख ६३ हजार दुई सय ७४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक र व्यापार समुहको बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त र अन्य समुहको सूचक घटेर रातै भएका छन् भने सामुहिक लगानी कोष समुहको सूचक भने आज स्थिर रहेको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनिलिभर नेपाल लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेड, पोखरा फाइनान्स आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पोखरा फाइनान्स, सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि परेका छन् ।