Kath khabar
हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया


             काठमाडौं, जेठ १६ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा छुटेका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ। त्यहि व्यवस्था बमोजिम उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने शर्तसहित उनी छुटेका हुन् ।

अनुसन्धानका लागि हिरासतमा रहेका सिरोहियालाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। हाल उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको सीसीयूमा उपचार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update