काठमाडौं, असार २७ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार आठ सय ३१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल नौ हजार दुुई सय १८ वटा नमूना पीसीआर बिधीबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।
यो समेत गरेर नेपालमा सक्रिय संक्रमितहरुको कुुल संख्या २६ हजार एक सय ७३ पुुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मुक्त हुुनेहरुको संख्या भने एक हजार पाँच सय ३३ रहेको छ । यस अवधिमा २० जनाको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने थप तीन सय ९१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा दुुई सय ६३, ललितपुर जिल्लामा ९७ र भक्तपुर जिल्लामा ३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।