क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनः अस्वीकार
काठमाडौं, जेठ १७ । क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनःअस्वीकार भएको छ । आइसिसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका लामिछानेलाई दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको स्रोतले बताएको छ।
विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अन्तरवार्ताका लागि बिहीबार अमेरिकी दूतावासले नै उनलाई फेरि बोलाएको थियो । तर दोस्रो पटक पनि उनको भिसा अस्वीकार भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय