Kath khabar
टिकटकले ल्यायो लाइभका लागि नयाँ नियम र सुरक्षाका स्रोतहरू


                 काठमाडौं, जेठ १८ । टिकटकले क्रियेटरहरूलाई सकारात्मक इंक्लूसिव लाइभ कम्युनिटीहरू निर्माणगर्न मद्दत गर्नका लागि शैक्षिक टुलहरू सहितको लाइभ स्ट्रिमिङ सुविधाका साथै पैसा कमाउनका लागि नयाँ गाइड लाइनहरू पनि जारी गरेको छ ।

टिकटक लाइभले सकारात्मक, अथेन्टिक र रमाइला लाइभ कम्युनिटीहरूलाई बढावा दिन नयाँ लाइभ मनि टाइजेसन गाइड लाइन्स र शैक्षिक पहलहरूको थालनी गर्दैछ । यी गाइडलाइनहरूले अप्रामाणिक वा कम गुणस्तर भएका केही कन्टेन्टहरूलाई टिकटक लाइभमा मनिटाइजेसनका लागि अयोग्य बनाउने छ । धेरै जसो क्रियेटरहरूले पहिले नै यी नियमहरू पालना गरिसकेका छन्, तर पनि यी नियम उल्लंघन गर्नेहरूलाई सूचित गराउँदै उनीहरूको मनिटाइजेसन सुविधाहरूको पहुँचमा प्रतिबन्ध हुन सक्नेछ । टिकटकको कम्युनिटी गाइडलाइन्स  र सेवाका सर्तहरूले केही आधारभूत मापदण्डहरू सेट गर्नेछ जसले लाइभ सहितका कन्टेन्टलाई टिकटकभरी जहाँपनि प्रस्तुत गर्न अनुमति दिनेछ ।

टिकटकले नयाँ लाइभ क्रियेटरहरूलाई राम्रोसँग साथ दिन र नयाँ स्ट्रिमरहरूलाई सुरक्षितरूपमा स्वागत गर्नको लागि आफ्नो दृष्टिकोणलाई पनि अपडेट गर्दैछ । टिकटकका प्रचलनमा रहेकाभन्दा केही दृढ लाइभ स्ट्रिमिङ आवश्यकताहरू छन जहाँ क्रियेटरहरू कम्तीमा १८ वर्षको हुनैपर्छ र उनीहरूको अकाउन्टले लाइभ जानका लागि थप अन्य मापदण्डहरू पनि पूरा गर्नु पर्छ। योग्य भएका लाइभ क्रियेटरहरूले अबदेखि विभिन्न चरणहरूमा गरेर एडभान्स्ड लाइभ मनिटाइजेसन सुविधाहरू सम्म पहुँच प्राप्त गर्ने छन ता कि उनीहरूले आफ्ना दर्शकहरू बढ्दै जाँदा लाइभका नियमहरू सिक्दै जान सकुन् ।  यसका लागि उनीहरूलाई मद्दत गर्न टिकटकले एउटानयाँ लाइभ सेफ्टीसेन्टर पनि सुरू गर्दैछ र यसको इन–एप लाइभ सेफ्टी एजुकेसन सेन्टर अपडेट गर्दैछ जहाँ क्रियेटरहरूले नीति उल्लङ्घन र शिक्षा सामाग्रीहरू हेर्न सक्नेछन् ।

टिकटकका एक स्थानीय प्रवक्ताले भन्नु भयोः “हामी विश्वास गर्छौ कि यी अपडेटहरूले हाम्रो लाइभ कम्युनिटीको रचनात्मकतालाई अझै सशक्त बनाउने छ र  हाम्रा सुविधाहरूले उनीहरूले चाहेका सकारात्मक अन्तरक्रियाहरूलाई प्रर्वद्धन गर्न मद्दत गर्नेछ । लाइभ क्रियेटरहरूको विशाल समुहले पहिलेदेखि नै हाम्रा सुरक्षा नियम र मनिटाइजेसन गाइड लाइनहरू पालना गर्दै आएका छन् र हामी सुरक्षित, समावेशी र अथेन्टिक लाइभ कम्युनिटीहरू विकसित गर्न मद्दत गर्न सक्ने स्रोतहरू, मोडरेसन प्रक्रियाहरू र टुलहरू निर्माण गर्न जारी राख्नेछौँ ।”

यी अपडेटहरू लाइभ सुरक्षा र कन्टेन्टको गुणस्तरका लागि टिकटकको निरन्तर प्रयासमा निर्माण भएका हुन्। ४०,००० भन्दा बढी मानिसहरूले टिकटक प्लेटफर्मलाई सुरक्षित राख्न टेक्नोलोजी सँगै काम गर्छन् र यसमा लाइभका लागि डेडीटेकेड टोली र डिटेक्सन मोडेलहरू पनि समावेश छन् । टिकटकले १० भन्दा बढी कस्टमाइजेबल सेफ्टी टुलहरू विशेषरूपमा लाइभ सिर्जनाकर्ताहरूका लागि प्रदान गर्दछ, साथै दर्शकहरूलाई आफ्नो चाहना अनुसारका लाइभ सामाग्रीको आनन्द लिनका लागि पर्सनालाइज गर्न मद्दत गर्ने असंख्य फिचरहरू पनि प्रदान गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update