दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु
तुलसीपुर, जेठ २० । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।
आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उहाँकी श्रीमतिले भने भागेर ज्यान जोगाउनुभएको छ ।
---
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय