Kath khabar
लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न

 

                     काठमाडौं, जेठ २० । लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले शनिबार सर्वनाम थिएटर कालिकास्थानको रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन् ।

लिटल मिस एन्जलका प्रतियोगीहरुले नृत्य, चित्रकला, तेक्वान्दो, बासुरी, भाषण, गायन लगायतका विधामा प्रतिभा देखाएको कलश इभेन्टसका प्रबन्ध निर्देषक वर्षा महर्जनले बताउनुभयो । कार्यक्रममा निर्णायकको भूमिकामा  प्रसिद्ध नृत्य निर्देशक जे डि तमु, प्रोफेसनल उदघोषक सेसेमी लिम्बु र वरिष्ठ चित्रकार तथा सन्तु आर्ट ग्यालरीका अध्यक्ष सुदर्शन राज शाक्य रहेका थिए ।

लिटल मिस एन्जलका सम्पूर्ण प्रतियोगीहरुले आउँदो जेष्ठ २६ गते अन्तिम प्रतिस्पर्धामा सहभागी जनाउने संस्थाका अध्यक्ष संजय महर्जनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update