काठमाडौं, जेठ २० । नेप्से बढेको छ । आज आइतबार नेप्से १३ दशमलव ५१ अंकले बढेर दुई हजार ८३ दशमलव शून्य चार अंकमा पुग्न सफल भएकोमा सेन्सिटिभ पनि एक दशमलव ४५ अंंकले बढेर तीन सय ७१ दशमलव ६५ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ६५ हजार छ सय ५४ पटकको कारोबारमा ९६ लाख ९७ हजार दुई सय छ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार आज कुल कारोबार रकम चार अर्ब ३१ करोड १० लाख १५ हजार छ सय २९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा अज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये उत्पादनमूलक, लगानी र सामूहिक लगानी कोष समुहको सूचक घटेकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समुहको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मल्टिपर्पोज फाइनान्स, मकर जितुमाया सुरी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नारायणी डेभलपमेन्ट बैंक, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स आदि परेका छन् ।